एमालेले सडकमा उत्पात मच्चाएका बेला देउवाद्वारा निरौलालाई अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि सरकारले ‘राष्ट्रिय भूमि आयोग’ गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेका छन् । निरौलाले बुधबार सिंहदरबारमा प्रधानमन्त्री देउवा समक्ष शपथ लिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गर्ने निर्णय गरेको थियो ।

सरकारले आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको छ ।

आयोगका अध्यक्ष निरौला नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघका पूर्व अध्यक्ष हुन् । मोरङ जिल्ला क्षेत्र नं. ३ उनको निर्वाचन क्षेत्र पर्छ ।

निरौला विराटनगर महानगरपालिका– ११ का निवासी हुन् ।

नेपाल शिक्षक संघको पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा निरौला पराजित भएका थिए ।

अघिल्लो सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न गठन गरेको आयोगका अध्यक्ष देवी ज्ञवालीलाई हटाएको थियो । ज्ञवालीलाई हटाएपछि एमालेले आन्दोलन गरेको थियो ।

एमालेले आयोगबाट ज्ञवालीसहितका आफ्ना कार्यकर्ताहरूलाई हटाएको विरोध गर्दै सडकमा उत्पात मच्चाएको थियो ।

Published : Wednesday, 2021 September 15, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया