कांग्रेस नेता बस्नेतको पहलमा चनौटेमा बेलिब्रिज, अग्नि सापकोटालाई तनाब

काठमाडौं । अर्थ मन्त्रालयले सिन्धुपाल्चोक जिल्लाको चनौटेमा बेलिब्रिज पुल बनाउन बजेट निकासा गरेको छ ।

बाढीले मोटरेवल पुल बगाएपछि आवातजावत गर्न समस्या भएको थियो । बेलिब्रिज बनाउन अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपियाँ निकासा अर्थात खर्च गर्ने सहमति दिएको पत्रमा उल्लेख छ ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर पुल (बेलिब्रिज) बनाइदिन आग्रह गरेका थिए ।

गृह मन्त्रालयको विपत, अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाले चानौटेमा बेलिब्रिज बनाउन रकम माग गरेको थियो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, पाँचपोखरी, हेलम्बुमा आएको बाढीपहिरोले मोटरेवल पुल बगाएर सम्बन्ध विच्छेद बनाएको थियो ।

सिन्धुपाल्चोकबाट माओवादीबाट जितेका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधित्व गर्छन् । तर, सापकोटाले गफै लगाएर राजनीति गर्दै आएको आरोप छ ।

Published : Wednesday, 2021 September 15, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया