देउवाले मागे मन्त्रीहरूको नाम, दाहाल–नेपालको सातो लिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नेभन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।

मंगलबार बालुवाटारमा भएको भेटवार्तामा देउवाले दाहाल र नेपालसँग मन्त्रीहरू नाम बुझाउन आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै दाहाल र नेपालसँग मन्त्रीहरूको सूची बुझाउन आग्रह गर्नुभएको छ ।’

देउवा, दाहाल र नेपालबीच संसदको अबरोध हटाउने विषयमा पनि कुराकानी भएको छ । एमालेले संसद अबरोध गरेर समस्या बनाएको भन्दै प्रधानमन्त्री देउवाले सम्वाद गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल भएको छ ।

Published : Tuesday, 2021 September 14, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया