शंकर पोखरेलसँग गृह मन्त्रीको जिल्लाका एसपी डरले थुरुरु, एमालेका दिनदशा बिग्रिए

बुुटवल । एमालेका नेता एवम् पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री ओलीले पोखरेलसहित चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन् । ओलीले उजुरी दिए पनि प्रहरीले दर्ता गर्न मानेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले इलाका प्रहरी कार्यालय बुटवलमा पूर्वमुख्यमन्त्री पोखरेलसहित चार जनाविरुद्ध उजुरी आएको स्थानीय पत्रकारहरूलाई बताएका छन् ।

एसपी केसीले पोखरेलसहितका चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनुपर्ने बताएका छन् । उनले अपहरण तथा शरीर बन्धकको सुरुवाती विन्दु दाङ देखिएको भन्दै दाङ प्रहरीमा सांसद ओलीले उजुरी दर्ता गर्नुपर्ने बताएका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी केसी एमालेका नेता पोखरेलसँग डराएर अपहरणको उजुरी दर्ता गर्न इन्कार गरेको आरोप लागेको छ ।

केसीलाई एमालेको तत्कालीन सरकारले रुपन्देहीको प्रहरी प्रमुख बनाएर लगेको थियो । एसपी केसी एमालेका नेताद्वय पोखरेल र विष्णु पौडेलप्रति बफादार रहेको चर्चा रुपन्देहीमा छ ।

सांसद ओलीले आफूलाई अपहरण गरी तत्कालीन मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइ जबरजस्ती आफ्नो हस्ताक्षर कीर्ते गरेर एमालेमा रहेको भन्ने व्यहोराको विज्ञप्ति जारी गरिएको बताएकी थिइन् ।

प्रदेश सांसद ओलीलाई मुख्यमन्त्रीको कार्यालय बुटवलमा बन्धक बनाएको भनेर जाहेरीमा उल्लेख गरेपछि एसपी केसीले इन्तुपरन्त केही नभनेर दर्ता गरेर अनुसन्धान गर्नुपर्नेमा गृहमन्त्री बालकृष्ण खाणकै गृहजिल्लाका एसपी केसीले एमालेप्रति बफादारिता देखाएको आरोप लागेको छ ।

Published : Tuesday, 2021 September 14, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया