सीआईबीद्वारा कैंकिङ कसुरमा सुन्दासलाई पक्राउ

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरमा सजाय पाएर फरार रहेका अनिस सुन्दासलाई पक्राउ गरेको छ ।

सीआईबीको मुख्यालय महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ गोल्फुटार बस्ने २६ वर्षीय सुन्दासलाई सुन्दरीजलबाट सोमबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुन्दासको स्थायी घर बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका–१४ मा पर्छ । सुन्दासलाई सीआईबीको टोलीले सोमबार पक्राउ गरेको थियो ।

उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले सुन्दासलाई ७ दिन कैद र ७ लाख रुपियाँ जरिवाना ठहर गरेको थियो । कैद र जरिवाना ठहर भएपछि सुन्दास फरार रहेका थिए ।

सुन्दासले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्याएर लक्ष्मी बैंकको चेक दिइ बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले कैद र जरिवानाको फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Published : Tuesday, 2021 September 14, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया