आरजु गन्यापधुराबाट बनिन् क्षेत्रीय प्रतिनिधि, छोराको के भयो ?

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् ।

पूर्वसांसद समेत रहेकी राणा गन्यापधुरा गाउँपालिका– १ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएकी हुन् ।

जयवीरसिंह देउवा भने क्षेत्रीय प्रतिनिधि बनेका छैनन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएनन् ।

वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी निर्विरोध सभापति भएकी छिन् । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएको छ ।

Published : Monday, 2021 September 13, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया