ओलीले हैसियत देखाइदिएपछि मुर्छित अवस्थामा पुगे रावल, नेपाल समूह चकित

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेता भीमबहादुर रावलसँग बदला लिएका छन् ।

रावलले रुचाएको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज पद पाएका छैनन् । ओलीले रावललाई एमालेभित्र उपाध्यक्षको हैसियतमा काम गर्न निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज पद फुत्किएको छ ।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज लेखराज भट्टलाई दिएका छन् । भट्ट माओवादी केन्द्रबाट एमालेमा आएका हुन् ।

रावल सुदूरपश्चिम प्रदेशको तत्कालीन इञ्चार्ज थिए । रावलले एमालेभित्र विद्रोह गरेर माधव नेपाल समूहलाई साथ दिएपछि ओलीले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज भट्टलाई दिएका थिए ।

ओलीले आइतबार रावललाई भक्तपुरको बालकोटस्थित निवासमा बोलाएर रावललाई सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लोभ नगर्न निर्देशन दिएका छन् । रावललाई उपाध्यक्षको हैसियतमा पार्टीको अन्य कामको जिम्मेवारी दिने ओलीले आश्वासन दिएका छन् ।

अध्यक्ष ओलीले रावललाई उपाध्यक्षको हैसियतमा अरू पनि धेरै कामहरू हुने भएकाले सुदूरपश्चिमको जिम्मेवारीमा भट्टलाई नै दिने प्रस्ताव अघि सारेका हुन् ।

ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको भन्दैं आफू निकट नेतासँग छलफलमा जुटेका छन् ।

रावलसहितका नेताहरू एमालेलाई जेठ २ मा फर्काउने सर्तमा एमालेमा बसेका थिए । अधिकांश नेताहरूले जेठ २ गते अगाडिको जिम्मेवारी पाएका छन् । रावलले जेठ २ गते अगाडिको जिम्मेवारी पाउन सकेका छैनन् ।

रावलले आफू निकट नेताहरूसँग आइतबार संसद भवनमा नयाँ बानेश्वरमा छलफल गरेको स्रोतले जनाएको छ ।

रावलले आफू नेताहरूसँग छलफलमा रहेको भन्दै केही बोल्न चाहेनन् । रावल पुस ५ अघि सुदूरपश्चिमको इञ्चार्ज थिए ।

सर्वोच्चको फैसलापछि माओवादी र एमाले छुट्टा छुट्टै दल भएपछि एमालेमा लागेका भट्टलाई नै फागुन २३ गते ओलीले सुदूरपश्चिमको इञ्चार्ज तोकेका थिए ।

एमालेभित्र जेठ २ अगाडिको जिम्मेवारी नपाउनेमा योगेश भट्टराई पनि छन् । भट्टराईले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छैनन् । पार्टी प्रवक्ताको जिम्मेवारी ओलीले प्रदीप ज्ञवालीलाई दिएका छन् ।

माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने क्रममा रावलले असहयोग गरेका थिए । रावल एमालेमा बसेर नेपालको विरोध गरेका थिए । रावललाई ओलीलाई असली हैसियत देखाएपछि नेपाल समूह खुसीले गदगद भएको चर्चा छ ।

Published : Sunday, 2021 September 12, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया