नेपाल समूहको निर्णय बालकोटमा खैलाबैला, सरकार ढल्ने पक्का, हेटौँडामा खुसीयाली

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को निर्णयले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको कुर्सी धरापमा परेको छ ।

एकीकृत समाजवादीले एमालेको सरकारलाई समर्थन नरहेको जनाएको हो । आइतबार हेटौँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

शाक्यको सरकारलाई समर्थन नरहेको जानकारी बागमती प्रदेश संसद सचिवालयलाई जानकारी गराउने निर्णय गरेको सांसद वसन्त मानन्धरले जानकारी दिएका छन् ।

एकीकृत समाजवादीले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको संसदीय दलको विधानसमेत पारित गरेको छ ।

एकीकृत समाजवादीको निर्णयले बागमती प्रदेशमा शाक्यका सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने वा राजीनामा दिनेमध्य एक विकल्प रोज्नुपर्नेछ । एकीकृत समाजवादीले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन खोजेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले पनि दाबी गर्दै आएको छ । कांग्रेसले संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन खोजेको छ ।

एकीकृत समाजवादीको निर्णयले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब दिएको छ । शाक्यले मुख्यमन्त्री बन्न माधव नेपाल समूहलाई छाडेकी थिइन् । ओलीको पुच्छर बन्दा पनि शाक्यको मुख्यमन्त्री पद सुरक्षित रहन सकेन ।

Published : Sunday, 2021 September 12, 6:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया