औकातबाट तल झर्‍यो एमाले, देउवाले राम्रैसँग दिए ‘डोज’, सापकोटाले डरले यस्तो गरे

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले प्रतिनिधि सभाको आइतबारको दुई वटा बैठक अबरोध गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठक शुरु हुनेवित्तिकै एमालेका सांसदहरू रोष्टम अगाडि पुगेर नरावाजी गरेका थिए । उनीहरूको नारावाजी भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो पटक १५ मिनटका लागि स्थगित गरेका थिए ।

१५ मिनटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदहरूले नारावाजी गरेर अबरोध भएपछि सापकोटाले अर्को बैठक भदौ २९ गते मंगलबार १ बजेका लागि बोलाएका छन् ।

एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख सापकोटासँग रिसाएको छ । एमालेले लगातार संसदको बैठक अबरोध गर्दै आएको छ ।

एमालेले विगतमा दुई महिनासम्म संसदको बैठक अबरोध गरेको रेकर्ड छ । एमालेले आफूले भनेको जस्तो भएन भने सडकमा प्रदर्शन गर्नेदेखि रेलिङ भाँचेर नेपाल बन्दसम्म गरेका प्रसस्त उदाहरण छन् ।

अघिल्ला बैठकमा एमालेका सांसदले उछृङ्खल हर्कत गरे जस्तो आइतबारको बैठकमा गरेनन् । नाराबाजी भने गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसद चल्ने वा नचल्ने भन्ने विषय एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई सोध्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै देउवाले भने, ‘संसद चल्छ वा चल्दैन ओलीलाई सोध्नुस् ।’ देउवाले एमालेको हर्कतप्रति असन्तुष्टि जनाउँदै ओलीलाई नै प्रश्न सोध्न भनेपछि एमालेभित्र खैलाबैला भएको छ ।

उता, एमालेका अध्यक्ष ओलीले मर्यादापालकलाई कुटपिट गर्ने र माइक खोसेर प्रहार गर्ने आफूहरूको नीति नरहेको बताएका छन् ।

संसदभित्र एमालेका सांसदहरूले उत्पात मच्चाएको भन्दै बिरोध भएपछि ओलीले स्पष्टीकरण दिएका हुन् ।

एमालेको अबरोध र आक्रामक प्रदर्शन हुने डरले सभामुख सापकोटाले मर्यादापालक र सुरक्षाकर्मीहरूलाई प्रशस्त परिचालन गरेका थिए ।

आफू बस्ने कुर्सीको पछाडि तीन जना मर्यादापालक सुरक्षाकर्मीलाई राखेर बैठक चलाउने प्रयास गरेका थिए । तर, सापकोटाले बैठक चलाउन सकेनन् ।

Published : Sunday, 2021 September 12, 3:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया