यी शक्तिशाली भीभीआईपीको दशा बिग्रियो, देउवाले कुटाइखानबाट बचाइदिए

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई एमालेकी सांसद रेखाकुमारी झाले माइकले प्रहार गर्न खोज्दा प्रधानमन्त्री शेरबहादुर देउवाले माइक खोसेर बचाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणको अगाडि रहेको माइक उठाएर सभामुख सापकोटालाई प्रहार गर्न खोज्दा एमाले सांसद झाको हातबाट देउवाले माइक खोसेर बचाएका हुन् ।

एमालेकी सांसद झाले एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा सभामुख सापकोटाको टाउको फुटाउन आफूले माइकले प्रहार गर्न खोजेको स्वीकार गरेकी छिन् । उनले सापकोटालाई हत्यारा भएको भन्दै आफूले आक्रण गर्ने योजनाका साथ अगाडि बढेको बताएकी छिन् ।

सांसद झाले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणलाई आफूले सम्मान गर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई सम्मान गर्छु । प्रधानमन्त्रीज्यूसँग पछि कुरा भयो ।’

एमालेका सांसदहरूले नारावाजी गरेका बेला सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक जबरजस्ती रुपमा अगाडि बढाएपछि एमालेका सांसदहरूले सापकोटालाई भौतिक आक्रमण गर्ने तयारी गरेको भिडियोमा देखिएको छ ।

Published : Saturday, 2021 September 11, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया