पौडेलपछि विश्वप्रकाशले देउवालाई पनि धोका दिए, निधिको पिछलग्गु बने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको समूहलाई परित्याग गरेका छन् ।

देउवाले कांग्रेसको पार्टी प्रवक्ता बनाएका शर्माले शुक्रबार उप–सभापति विमलेन्द्र निधिसँग चौरचन पर्व मनाएर गुट परिवर्तनको संकेत दिएका हुन् ।

प्रवक्ता शर्माले बिहीबार काठमाडौंको सुन्दरीजलमा पत्रकार सम्मेलन गरेर १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भनेर घोषणा गरेका थिए ।

महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका शर्मा शुक्रबार अचानक निधिको धार्मिक कार्यक्रममा सहभागी भएर सभापति देउवालाई झट्का दिएका छन् ।

उप–सभापति निधिले फेसबुक पेजमा प्रवक्ता शर्मा, आफ्नी पत्नी र केही कार्यकर्ताहरूसँगको सामूहिक तस्विर सार्वजनिक गरेका छन् ।

देउवा समूहबाट प्रवक्ता पाएका शर्माले आफ्नो राजनीति सुरक्षित बनाउन निधि समूहमा प्रवेश गरेका हुन् । शर्माले शुरुमा नेता रामचन्द्र पौडेल समूहलाई धोका दिएका थिए ।

पौडेल समूह छाडेर प्रवक्ता बन्न देउवा समूहमा आएका शर्माले देउवालाई पनि धोका दिएर निधि समूहमा प्रवेश गरेका छन् । हालसम्म प्रवक्ता शर्माले तीन वटा गुट परिवर्तन गरिसकेका छन् ।

निधिको पछि लागे पनि शर्माले महामन्त्री पदमा जित्ने सम्भावना निकै कम छ । प्रतिनिधि सभा निर्वाचनमा झापाबाट पराजित भएका शर्माको अस्थिर राजनीतिका कारण कुनै पनि समूहले विश्वास गर्दैनन् । वर्ष/वर्ष दिनमा गुट परिवर्तन गर्ने रोग प्रवक्ता शर्मामा पलाएको आरोप छ ।

शुक्रबार प्रकाशित भएका पत्रपत्रिका र अनलाइनहरूले प्रवक्ता शर्मालाई उप–सभापति निधिसँग जोडेर समाचार लेखेका थिए । त्यस लगत्तै निधिले पनि शर्मासँगको तस्बिर फेसबुकमा राखेका छन् ।

Published : Friday, 2021 September 10, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया