कांग्रेसको अधिवेशनहरूको कार्यतालिका पुनः सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो कार्यतालिकामा फेरि हेरफेर गरेरको छ ।

काठमाडौंमा शुक्रबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले अधिवेशन गर्न बाँकी रहेका गाउँ/नगर वडा अधिवेशनलाई असोज ५ गतेसम्म पुर्‍याएको छ । यो व्यवस्था अधिवेशन गर्न बाँकी रहेका २० जिल्लामा लागू हुनेछ ।

गाउँ र नगरपालिकाको अधिवेशन असोज ९ गते पुर्‍याइएको छ । प्रदेश सभा क्षेत्री अधिवेशन १२ गते हुनेछ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तोकिएको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गतेका लागि तोकिएको छ ।

प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गतेका लागि तोकिएको छ । केन्द्रीय महाधिवेशन मंसिर ९, १०, ११, १२ र १३ गते काठमाडौंमा गर्ने गरि तोकिएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

Published : Friday, 2021 September 10, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया