हेटौँडामा जुवा खेल्ने ६ जनाको समूह नगदसहित पक्राउ

हेटौँडा । मकवानपुर जिल्लाको गौरीटारमामा जुवातास खेल्ने ६ जनाको समूह पक्राउ परेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ गौरीटार बस्ने दीपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार राति ६ जनाको समूह पक्राउ परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा थाहा नगरपालिका–६ बस्ने २१ वर्षीय डेनी भट्ट लगायत ६ जना रहेका छन् ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

जुवाको खालबाट नगद १ लाख ३२ हजार ३ सय ९० रुपियाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2021 September 10, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया