कांग्रेसका लाखौँ समर्थकको पक्षमा सर्वोच्चको फैसला, जिल परे धोकेबाजहरू

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेसलाई राहत मिलेको छ ।

कोरोना महामारीका बेला कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो । कांग्रेसको महाधिवेशन रोकेर खेल्न खोज्ने गिरोहलाई सर्वोच्चको यो फैसलाले तनाब भएको छ ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिट खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

प्रदेश सांसद वैद्यले कोरोना महामारी भएकाले महाधिवेशन केही समय पर सार्न माग गरेका थिए । वैद्यको रिटले कांग्रेसका कार्यकर्ताहरूमा भ्रम उत्पन्न भएको थियो ।

कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि शुरू भएको थियो । नगरपालिका र गाउँपालिकाको महाधिवेशन २७ गते हुँदै छ । केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म हुनेछ ।

Published : Thursday, 2021 September 9, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया