एमसीसीको विरोध गर्ने चिनियाँ दलालहरूलाई छट्पटी, विकास विरोधीहरूले औकात देख्ने

काठमाडौं । चीनको उक्साहटमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका विकास विरोधी ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले ५४ जनालाई बिहीबार पक्राउ परेको हो ।

पक्राउ पर्नेमा अधिवक्ता स्वागत नेपाल, नीर्घ जैसीलगायतका व्यक्तिहरू रहेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालस्थित अमेरिकी राजदूतावास बाहिर र कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको थियो ।

उपाध्यक्ष सुमारको नेपाल भ्रमणका बेला प्रदर्शन, कालो झण्डा देखाउने जस्ता गतिविधि हुनसक्ने भन्दै प्रहरीले काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

प्रहरीले पक्राउ परेकालाई तत्कालीन छाड्ने छैन । उपाध्यक्ष सुमार फर्किएपछि उनीहरूलाई छाडिने प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ०९:२० बजे काठमाडौं आइपुगेकी सुमारले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधकुमार नेपाललाई भेट गरेकी छिन् । भेटमा एमसीसीका विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

उपाध्यक्ष सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसालसहित सत्तारुढ गठबन्धनका नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

एमसीसीविरुद्ध भ्रामक कुराहरू सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरूमा फैलाएर चीनका एजेन्टहरूले हर्कत गरेको भनेर आरोपहरू लाग्ने गरेका छन् ।

एमसीसी नेपालको विकासका लागि अमेरिकाले दिन लागेको निःशुल्क सहयोग हो । यो रकम नेपालले तिर्न पर्दैन ।

विगतमा अरुण तेस्रोको विरोधमा एमालेले तत्कालीन समयमा उत्पात मच्चाए जस्तै अहिले पनि एमसीसीविरुद्ध चीनको उक्साहटमा केही दलालहरूले भ्रम फैलाएर विरोध गरिरहेका छन् ।

अमेरिकाको लगानी नेपालमा भित्रिन नदिन चीनले आफ्ना एजेन्टहरूलाई प्रयोग गरेर विरोध गराइरहेको आरोप छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीलाई संसदबाट पारित गरेर नेपालको विकास गर्ने योजना बनाएका छन् ।

अमेरिकाले एमसीसीलाई सैन्य रणनीति अन्तर्गत नरहेको भनेर स्पष्टीकरण दिइसकेको छ । तर, चीनको उक्साहटमा हर्कत गर्दै आएकाहरूले अरुण तेस्रो जलविद्युत आयोजनालाई विथोले जस्तै गरेर एमसीसीलाई पनि रोक्ने हर्कत गरेको आरोप छ ।

Published : Thursday, 2021 September 9, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया