काठमाडौंमा १२ जना जुवाडेको ग्याङ तास–कौडासहित पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले जुवा र कौडा खेल्ने समूहका १२ जनालाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट घट्टा गाउँ बस्ने रामकृष्ण कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरूलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उप–महानगरपालिका–१९ घर भएका ४६ वर्षीय नवराज रिमाल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३० हजार रुपियाँ, ३ बुक तास र १ थान कौडासहित पक्राउ गरेको हो ।

उता, पोखरा महानगरपालिका–९ पृथ्बीचोकस्थित स्याङ्जा बुटवल खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ८६ हजार ७ सय २० रुपियाँ र १ सय ५९ पत्ती ताससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खाजा घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

Published : Thursday, 2021 September 9, 3:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया