यस्तो छ कम्युनिस्टको असली औकात, गरिवहरू भोकै, ओली ‘बा’को भीआईपीवाला भोज–भतेर

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सांसदहरू तीजको अवसरमा दर अर्थात भोज–भतेर खुवाएका छन् ।

बुधबार ओलीले आफ्नै निवास बालकोटमा मीष्ठान्न खानेकुरा खुवाएका हुन् । एमालेकी सचेतक शान्ता चौधरीले तीजको अबरमा ओली निवासमा दर खान लागेको तस्बिरहरू फेसबुकमा राखेर खुसी व्यक्त गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठक अबरोध गरे लगत्तै ओलीले महिला सांसदहरूको हुललाई बालुकोट लगेर मीष्ठान्न भोजन गराएका हुन् ।

कोरोना महामारी र साढे तीन वर्ष झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको बेथितिका कारण गरिव जनता भोकै परेका बेला ‘ओली बा’ले कम्युनिस्टको सिद्धान्त विपरीत तीजको दर खाने पर्व तामझामका साथ मनाएका छन् ।

Published : Wednesday, 2021 September 8, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया