औकातभन्दा धेरै अवसर पाएका निधिले देउवालाई पारा देखाए, खुमबहादुरको आँशु लाग्यो

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले डडेल्धुरा कांग्रेसको विवादलाई समाधान गर्नेभन्दा पनि विवादलाई झन् नुन छर्किने काम गरेका छन् ।

डडेल्धुरा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

बुधबार पत्र लेखेर निधीले डडेल्धुराको क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन देउवाको ध्यानाकर्षण गराएका हुन् ।

उप–सभापति निधिले डडेल्धुरा जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको पत्रमा उल्लेख गरेका छन् ।

उनले पत्रमा भनेका छन्, ‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु ।’

जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका छन् ।

जिल्लाले केन्द्रमा पठाएका क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट नाम हेरफेर भएको भन्दै जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले विरोध जनाएका छन् ।

मल्लले जिल्लाले पठाएका नामावली सूचीमा रहेका पाँच सय क्रियाशील सदस्यको नाम हटाइएको र तीन सयको नाम केन्द्रबाट थपिएको दावी गरेका छन् ।

जिल्ला सभापति मल्ल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकट हुन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

उनले केन्द्रबाटै क्रियाशील सदस्यता थपघट हुनुले क्रियाशील सदस्यता छानविन समितिको भूमिकाप्रति नै आशंका गरेका छन् ।

सभापति देउवाको गुटभित्र रहेर हदैसम्मको लाभ लिएर पुलपुलिएका निधिले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

देउवाको साथ पाएपछि उप–सभापतिमा मनोनीत भएका निधिले अहिले आएर आफ्नो अकौता देखाउन थालेका छन् ।

देउवाले खुमबहादुर खड्कालाई उप–सभापति बनाउन खोजेका थिए । तर, निधिले खड्कालाई उप–सभापतिमा मनोनीत गर्न दिएनन् । अहिले आएर देउवालाई असहयोग गर्न थालेका निधिकै कारण नवराज सिलवाल काण्ड भएको थियो ।

निधिको लहलहैमा लागेर खुमबहादुर खड्कालाई अन्याय गरेका देउवालाई अहिले आएर आँशु लागेको छ । खुमबहादुर खड्का उप–सभापति निधि जस्तो अवसरवादी थिएनन् ।

१४औँ महाधिवेशनका बेला विवादलाई झन् उचालेर देउवालाई खुमबहादुरले असहयोग गर्ने थिएनन् । खुमबहादुरको निधिको जस्तो नेचर थिएन ।

Published : Wednesday, 2021 September 8, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया