अग्नि सापकोटालाई महाअभियोग लगाउन एमालेमा प्रस्ताव, सांसदहरूले हँगामा मच्चाए

काठमाडौं । एमालेको संसदीय दलको बैठकमा सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउन प्रस्ताव आएको छ ।

एमालेको संसदीय दलको बुधबार बसेको बैठकमा सांसद महेश बस्नेतले सभामुख सापकोटालाई महाअभियोग लगाउन प्रस्ताव राखेका हुन् ।

बस्नेतले संसद अबरोध गर्नेभन्दा पनि सापकोटालाई महाअभियोग लगाएर हटाउँदा उचित हुने बताए ।

सभामुख सापकोटाको भूमिका एमालेका विरुद्ध रहेको उनले बताएका छन् । उनले सभामुख सापकोटालाई राख्दा एमालेलाई झन् नोक्सान हुने बताए ।

बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले सभामुख सापकोटालाई सहज रुपमा संसदको बैठक चलाउन दिन नहुने बताएका छन् ।

उनीहरूले सापकोटा रहँदासम्म संसदले काम गर्न नसक्ने बताए ।

एमालेका सांसदहरूले सभामुख सापकोटाको गतिविधिले संसदको गरिमा कमजोर बनाएको बताए । सापकोटाको कदमको विरुद्ध बुधबार बस्ने संसद बैठकमा जोडदार रुपमा प्रतिवाद गर्नुपर्ने बताए ।

संसदीय दलको बैठकमा एमालेका सांसदहरूले सभामुख सापकोटालाई महाअभियोग लगाउन माग गरेर हँगामा मच्चाएका छन् ।

उनले एमसीसीका विषयमा एमालेले एउटा धारणा बनाएर जानुपर्ने बताएका छन् ।

Published : Wednesday, 2021 September 8, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया