यी हुन् सप्तरीमा कांग्रेसका जिल्ला सभापतिहरूका आकांक्षी

राजविराज । नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न हुनेवित्तिकै प्रदेश २ का जिल्लाहरूमा सभापतिमा उम्मेदवारी घोषणा हुन थालेका छन् ।

सप्तरी जिल्लामा सभापति शेरबहादुर देउवा समूहबाट शत्रुघन यादव सभापतिका आकांक्षी हुन् । यादव जिल्ला सचिव छन् ।

क्षेत्रीय सभापति नारायण चौधरी, महासमिति सदस्य रामदेव साह, बद्री महात्मन् र रामु यादव पनि सभापतिका आकांक्षी हुन् ।

रामकुमार यादव पनि सभापतिका दाबेदार हुन् । उनलाई केन्द्रीय सदस्य शेखर कोइरालाको समर्थन छ ।

नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्य तेजुलाल चौधरीलाई जिल्ला सभापति बनाउन खोजेका छन् । पौडेल समूहबाट रामदेव साह र बद्रीनारायण यादवले पनि सभापतिमा इच्छा जनाएका छन् ।

जिल्ला सभापति दिनेश यादवले जुन पक्षलाई सहयोग गर्छन् उसैले जित्ने सम्भावना छ । सभापति यादव उप–सभापति विमलेन्द्र निधीको कार्यक्रममा सहभागी भएका थिए ।

Published : Wednesday, 2021 September 8, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया