ओलीले आज ‘पावर’ देखाउने, सरकारको यस्तो छ तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारबाट शुरु हुने तयारी भएका बेला प्रमुख प्रतिपक्ष एमालेले अबरोध गर्ने संकेत दिएको छ ।

बुधबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ । एमालेले संसद अवरोध गर्ने संकेत पाएपछि सोही रणनीतिअनुसार सरकार अगाडि बढ्नेछ ।

बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उप–सभामुखको निर्वाचन एवम् एमसीसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको छ ।

एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले बोलाइएको आरोप लगाएको छ ।

सभामुख तटस्थ नभएको विषय उठाएर एमालेले संसद बैठकमा अवरोध गर्ने संकेत गरेको छ ।

अघिल्लो अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याई पार्टी फुटालेर निर्वाचन आयोगले दल रोज्न दिएको मिति सकिएको भोलिपल्ट अधिवेशन बोलाउनु षड्यन्त्र भएको एमालेको आरोप छ ।

एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रिसाएको छ । माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर पत्र बुझाउँदा पनि सभामुखले सूचना जारी नगरेको एमाले आरोप छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको यो अधिवेशनमा एक सिट फरकको भौतिक दूरीमा सांसदलाई बस्ने व्यवस्था मिलाइएको छ ।

यसअघि तीनवटा कुर्सीको फरक हुनेगरी बस्ने व्यवस्था मिलाइएको थियो । दूरी साँघु¥याएपछि अब प्रतिनिधिसभाको बैठकमा दर्शकदीर्घामा सांसदलाई राख्नुपर्ने अवस्था अन्त्य भएको छ ।

Published : Wednesday, 2021 September 8, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया