देउवाले लामो समयपछि यादवलाई न्याय दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।

सभापति देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठिक संरचना समायोजनका लागि भएको सहमति अनुसार यादवलाई महामन्त्री नियुक्त गरेका हु् ।

‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देउवाले यादवलाई महामन्त्रीमा मनोनीत गरेर लामो समयपछि न्याय गरेका छन् । देउवाले यादव समुदायबाट नेविसंघमा महामन्त्री बनेर कपिलेश्वर यादवलाई मनोनीत गरेर समावेशिताको उदाहरण दिएका छन् ।

Published : Tuesday, 2021 September 7, 2:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया