ओलीले ल्याएका काठमाडौंका सीडीओ मन्त्रालय तानिए, रिजालले कमाण्ड सम्हाल्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्द रिजाललाई जिम्मेवारी दिएको छ ।

मन्त्रालयले प्रशासन महाशाखा प्रमुख रहेका सह–सचिव रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

यसअघिका प्रमुख जिल्ला अधिकारी पराजुलीलाई गृह मन्त्रालयमा सरुवा तानिएको छ । काठमाडौंको सीडीओको जिम्मेवारी पाएका रिजालले बिहीबार कमाण्ड सम्हाल्ने तयारी गरेको स्रोतले जनाएको छ । रिजाल दैलेख जिल्ला स्थायी ठेगाना भएका सह–सचिव हुन् ।

रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापाले पराजुलीलाई काठमाडौंको सीडीओ बनाएका थिए । पराजुलीले नेपाली कांग्रेस समर्थकहरूलाई दुःख दिएको आरोप कांग्रेसका कार्यकर्ताहरूको गुनासो थियो ।

कोरोना महामारीका बेला ओलीको समर्थनमा युवा संघ ‘आई लभ यु केपी बा’ भनेर प्रदर्शन गर्दा छुट दिने गरेका थिए । तर, कांग्रेस वा अन्य विरोधीहरूले प्रदर्शन गर्दा पराजुलीले प्रदर्शनमा रोक लगाउने दुश्साहस गरेका थिए । एमाले र कांग्रेसमा भेदभाव गरेको पराजुलीलाई आरोप छ ।

Published : Tuesday, 2021 September 7, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया