४० भन्दा धेरै वडामा अधिवेशन सम्पन्न, अधिकांशमा सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसले ४० भन्दा धेरै जिल्लाहरूमा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ ।

शुक्रबार देशभरि शुरु भएको वडा अधिवेशन उत्सवका रुपमा सम्पन्न भएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंग्याएका ५६ जिल्लामध्ये ४० भन्दा बढी जिल्लाको निर्वाचन सम्पन्न भएको उल्लेख गरेको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अधिकांश स्थानमा वडा अधिवेशनमा सर्वसम्मत भएको मौखिक जानकारी आएको बताए । सहमति नभएका वडामा निर्वाचन सम्पन्न भएका छन् ।

शुक्रबार अधिवेशन हुन नसकेका वडाहरूमा शनिबार, आइतबारसम्म पनि हुनेछन् । कांग्रेसको १४औँ महाविधेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन शुरु भएको छ ।

Published : Friday, 2021 September 3, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया