बुटवल– १८ मा कांग्रेसको सर्वसम्मत नेतृत्व र प्रतिनिधि चयन, लुम्बिनीबाट सहमतिको खाता खुल्यो

बुटवल । नेपाली कांग्रेसको बुटवल उप–महानगरपालिका– १८ ले सर्वसम्मत रुपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ ।

शुक्रबार भएको वडा अधिवेशनले वडा सभापतिमा हुमराज ढकाललाई चयन गरेको कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य विमल ढकालले जानकारी दिए ।

उप–सभापतिमा गोलेप्रसाद थारु र धनप्रसाद खरालले जिम्मेवारी पाएका छन् ।

सचिवमा निर्मल आचार्य र शेषकान्त अर्यालले जिम्मेवारी पाएका छन् । सह–सचिवको जिम्मेवारी सञ्जय थारुले पाएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी प्रेमनारायण खनाललाई दिइएको छ ।

वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरूमा हुमराज ढकाल, विमल ढकाल, यज्ञराज आचार्य, बासुवेद घिमिरे, पुरुषोत्तम खनाल, पुरुषोत्तम अर्याल, राजेन्द्र ढकाल, चिरञ्जीवी ढकाल, गंगा घिमिरे, भक्तबहादुर थारु, मोहनसिंह चिवे, अञ्जु बिक, राधिका घर्ती, जमुना न्यौपाने, ममता थारु, प्रतिभा खनाल, लक्ष्मी खनाल र रामदेव मुराउ चयन भएका छन् ।

Published : Friday, 2021 September 3, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया