भक्तपुरको सूर्यविनायक– ९ ले सर्वसम्मत समिति र प्रतिनिधि चयन गरेर कांग्रेसको इज्जत राख्यो

भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार वडा अधिवेशनहरू भएका छन् ।

यसैक्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–९ मा सर्वसम्मत कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छन् ।

वडा सभापतिमा गोकुल खत्री चयन भएको कांग्रेसका युवा नेता एवम् क्षेत्रीय प्रतिनिधि विजय केसीले जानकारी दिए । उप–सभापतिमा नरेश केसी र मनोज महतले जिम्मेवारी पाएका छन् ।

सचिवमा राजाराम खत्री र विवेक केसीले जिम्मेवारी पाएका छन् । सदस्यहरू पछि थपिनेछ ।

वडा अधिवेशनले विजय केसीसहितका नेताहरूलाई क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा गएर वडा अधिवेशन उद्घाटन गरेर १४औँ महाधिवेशन शुरु भएको घोषणा गरेका थिए ।

Published : Friday, 2021 September 3, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया