६० लाख काण्डमा कट्टेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ ४३ वर्षीय टंकनाथ कट्टेललाई पक्राउ गरेको छ ।

ईलाम जिल्लाको देउमाई गाउँपालिका–९ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने कट्टेललाई पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कट्टेलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि सिभिल बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर भएपछि उच्च अदालत पाटन २०७७ माघ ४ गते सात दिन कैद र ६० लाख जरिवाना ठहर गरेको थियो ।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवम् पक्राउका लागि परिचालित टोलीले कट्टेललाई बिर्तामोडबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका कट्टेललाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2021 September 3, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया