कांग्रेसको वडा अधिवेशनमा के–के हुन्छ ? कति जना चयन हुन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि हुन लागेको वडा अधिवेशनले नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गर्नेछ ।

वडा अधिवेशनले सभापति १ जना, उप–सभापति २ जना, सचिव २ जना, सह–सचिव २ जना चयन हुनेछन् ।

खुला सदस्यमा गाउँपालिका वडा कार्यसमितिमा ३ महिलासहित ९ जना चयन हुनेछन् । नगरपालिका वडा कार्यसमितिमा ४ महिलासहित १२ जना चयन हुनेछन् ।

महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुश्लिम र पिछडिएको क्षेत्रबाट गाउँपालिका वडाकार्यसमितिमा ६ जना र नगरपालिका वडा कार्यसमितिमा ८ जना रहनेछन् ।

संख्यामा नभएको तर कृयाशील सदस्य रहेको खण्डमा थप १ जना सदस्य चयन हुनेछ । सभापतिबाट समाबेशिताको सिद्धान्तमा रही प्रत्यक्ष निर्वाचित संख्याको २० प्रतिशतले हुने गरि मनोनीत गर्न पाइनेछ ।

क्रियाशील सदस्यको आधारमा वडाबाट न्युनतम १६ देखि ३६ जना क्षेत्रीय प्रतिनिधि आउने सम्भावना छ । क्षेत्रीय प्रतिनिधिले नै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र प्रदेश प्रतिनिधि चयन गर्नेछन् ।

Published : Friday, 2021 September 3, 9:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया