देउवाद्वारा दाहालसँग परामर्श, बालुवाटारबाट हुइँकिएर नेपालसँग भेटे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।

स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका विषयमा देउवा र दाहालका बीच परामर्श भएको थियो । मन्त्रालय कुन दलले कति लिने भन्ने विषयमा पनि छलफल भएको थियो ।

यसैबीच, देउवासँग भेटगरेपछि दाहालले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटवार्तामा भएका विषयमा पनि केही भनिएको छैन ।

Published : Thursday, 2021 September 2, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया