काठमाडौंमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका–३ बोजेनी बस्ने ६५ वर्षीय सन्तबहादुर वाईबा लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करीब ५ सय किलो गोरुको मासुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2021 September 2, 2:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया