गोरखामा तास खेल्ने ८ जनाको गिरोह पक्राउ

गोरखा । गोरखा नगरपालिका–६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपियाँ र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2021 September 2, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया