धेरै उत्पात गर्न खोज्दा अध्यक्ष ढुंगाना निलम्बित, सरकारलाई छलछाम मन परेन
काठमाडौं । सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई निलम्बन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गरेको हो । सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेयर खरिदमा संलग्नताबारे छानबिन गर्न ढुंगानालाई निलम्बन गरिएको जानकारी दिए ।
ढुंगानामाथि छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ ।
समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन् ।
ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका हुन् । समितिले छानबिन गरेर प्रतिवेदन पेश गर्नेछ ।
Published : Wednesday, 2021 September 1, 11:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया