धेरै उत्पात गर्न खोज्दा अध्यक्ष ढुंगाना निलम्बित, सरकारलाई छलछाम मन परेन

काठमाडौं । सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई निलम्बन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गरेको हो । सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेयर खरिदमा संलग्नताबारे छानबिन गर्न ढुंगानालाई निलम्बन गरिएको जानकारी दिए ।

ढुंगानामाथि छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ ।

समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन् ।

ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका हुन् । समितिले छानबिन गरेर प्रतिवेदन पेश गर्नेछ ।

Published : Wednesday, 2021 September 1, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया