तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

पोखरा, १६ भदौ । पोखरा महानगरपालिका–७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञानबहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपियाँ र २ सय १२ पत्ती ताससहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१५ सीताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ५ सय २५ रुपियाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2021 September 1, 9:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया