तरुण दलका नेता गिरीमाथि खुँडा प्रहार

वीरेन्द्रनगर । सुर्खेत जिल्लामा नेपाल तरुण दलका नेता २५ वर्षीय सन्तोष गिरीमाथि खुँडा प्रहार भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा खुँडा प्रहार भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको जानकारी दिएका छन् ।

मोटरसाइकलमा आएको समूहले तरुण दलका नेता गिरीमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले बताएका छन् । अध्यक्ष विष्टले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

घाइते गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको अध्यक्ष विष्टले बताएका छन् ।

Published : Friday, 2021 August 27, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया