यी हुन् १४औँ महाधिवेशन गर्ने ३५ जिल्लाका कमाण्डरहरू, देउवालाई लागेको आरोप खारेज

काठमाडौं । १४औँ महाधिवेशनका लागि नेपाली कांग्रेसको निर्वाचन समितिले ३५ जिल्लाका लागि निर्वाचन अधिकृत छनोट गरेको छ ।
नामावली सार्वजनिक गरिएका ३८ मध्ये ३५ जिल्लामा निर्वाचन प्रतिनिधि तोकिएको छ ।

निर्वाचन प्रतिनिधि डेमोक्रेटिक लयर्स एसोसिएन (डिलए) र नेपाल शिक्षक संघमा आवद्धलाई तोकिएको छ ।

निर्वाचन समितिको माग बमोजिम संगठनमा आवद्ध सबै जिल्लाका कानूनी व्यवसायीको नामावली पठाएको संस्थाका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले जानकारी दिएका छन् ।

कांग्रेसको वडा तहको अधिवेशन भदौ १८ मा तोकिएको छ । बाँकी जिल्लाको नामावली ३ दिनभित्रमा पार्टीले उपलब्ध गराउने बचन दिएको समितिका संयोजक महादेव यादवले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले महाधिवेशन नचाहेको भनेर रामचन्द्र पौडेल समूहले आरोप लगाएका बेला निर्वाचन अधिकृत तोकिएको छ । नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी र केन्द्रीय सदस्य अर्जन नरसिंह केसी समूह सबैभन्दा धेरै देउवाको विरोधमा छ ।

३५ जिल्लामा तोकिएका निर्वाचन अधिकृत

१. ताप्लेजुङ – तीलक पाण्डे

२. पाँचथर – मदन खड्का

३. संखुवासभा – भरतराज उपाध्याय

४. तेह्रथुम – लक्ष्मणलाल रञ्जित

५. खोटाङ – विकास भट्टराई

६. सोलुखुम्बु – कैलाश गुरुङ

७. ओखलढुङा – कीर्तीनाथ शर्मा

८. उदयपुर – खुसीराज गौतम

९. झापा – सुबोधबाबु चिलवाल

१०. दोलखा – चक्रबहादुर थापा (अमित)

११. रामेछाप – विष्णु लुईंटेल

१२. सिन्धुली – लेखत बहादुर खड्का

१३. भक्तपुर – मुकुन्द शर्मा पाडेल

१४. लमजुङ – थानेश्वर दवाडी

१५. तनहुँ – फणिन्द्र कोइराला

१६. मुस्ताङ – शिवराज वाग्ले

१७. पर्वत – विश्वास आचार्य

१८. म्याग्दी – विष्णुप्रसाद शर्मा

१९. नवलपुर – गोविन्द सिग्देल

२०. नवलपरासी – बाबुराम पाण्डे

२१. रुपेन्देही – भूमिश्वर गौतम

२२. पूर्वी रुकुम – इश्वरीप्रसाद ज्ञवाली

२३. रोल्पा – सूर्यबहादुर वली

२४. रुकुम पश्चिम – मुक्ति आचार्य

२५. मुगु – नरेन्द्रबहादुर सिंह

२६. जाजरकोट – सूर्यबहादुर शाह

२७. दैलेख – विबस बस्नेत

२८. बझाङ – चेतराज भट्ट

२९. डोटी – ठेकेन्द्र राज जोशी

३०. अछाम – देवराज भट्ट

३१. दार्चुला – देवराज अवस्थी

३२. बैतडी – पुष्पराज जोशी

३३. डडेल्धुरा – लोकेन्द्रबहादुर बम

३४. कञ्चनपुर – भरतबहादुर सिंह

३५. कैलाली – टेकप्रसाद सुबेदी

Published : Friday, 2021 August 27, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया