ललितपुरमा ११ जना जुवाडेको ग्याङ पक्राउ, तेमालका तामाङ पनि पक्राउ

काठमाडौं । ललितपुर जिल्लामा तास खेल्ने ११ जनाको समूह पक्राउ परेको छ ।

महालक्ष्मी नगरपालिका–३ महर्जन चोक बस्ने सुनिल महर्जनको घरमा अवैध रुपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय अनिल महर्जन लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ८५ रुपियाँसहित पक्राउ गरेको थियो ।

उता, कास्कीको पोखरा महानगरपालिका–३ नदिपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमाया लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३० रुपियाँ र ४ बुक ताससहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसैबीच, ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ किलो बुद्धचित्तको दानासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको स्वयम्भू बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ ठेगाना भएका २९ वर्षीय रोजबहादुर तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Published : Friday, 2021 August 27, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया