तराई टुक्र्याउँछु भनेपछि मन्त्रीबाट अपदस्थ भएका भण्डारी ललितपुर कांग्रेस भाँड्न सक्रिय

ललितपुर । देश टुक्र्याउने अभिव्यक्ति दिएका कारण रक्षामन्त्रीको पदबाट अपदस्थ भएका शरतसिंह भण्डारीले नेपाली कांग्रेस ललितपुरभित्र भाँडभैलो मच्चाउन विभिन्न हर्कत गरेको खुलासा भएको छ ।

विगतमा कांग्रेसमा रहेर अत्याधिक लाभ लिएका भण्डारी व्यक्तिगत स्वार्थका लागि मधेश आन्दोलनका बेला पार्टी छाडेर उपेन्द्र यादवको मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए ।

भण्डारी विभिन्न दलहरू चाहर्दै अहिले महन्थ ठाकुरको नयाँ दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’मा छन् । भण्डारी लाभ लिने नेताहरूको सूचीमा सबैभन्दा अगाडि छन् ।

तत्कालीन समयमा रक्षा मन्त्री रहेका बेला रिपोर्टर्स क्लव नेपालको साक्षत्कारमा नेपालबाट तराई टुक्र्याउने अभिव्यक्ति दिएपछि रक्षा मन्त्री पद गुमाउने परेको थियो ।

पहाडे मूल भएरपछि मधेशी जनताको नाममा राजनीति गर्दै आएका र मधेशी जनताको नाममा पटक–पटक मन्त्री बनेका भण्डारीले ललितपुर कांग्रेस फुटाउने गरेर हर्कत गरेपछि इमान्दार कांग्रेसहरू रिसाएका छन् ।

ललितपुर कांग्रेसका नेताहरू पूर्वमन्त्री एवम् लोसपाका नेता भण्डारीसँग बदला लिने तयारीमा रहेको एक नेताले बताएका छन् । आफ्नै दल जनता समाजवादी पार्टी, नेपाल बचाउन नसकेका भण्डारीले कांग्रेसभित्र खेल्न खोजेपछि ललितपुर कांग्रेसले हिसाब किताब राखेको जनाएको छ ।

पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग साँठगाँठ गर्दै आएको रहस्य पनि खुलेको छ । भण्डारीकै योजना र निर्देशनमा सभापति अमात्य र मेयर चिरिबाबुले काम गरेको आरोप छ ।

व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न तयार रहने ललितपुर कांग्रेसभित्र बिषको वृक्ष बनाउन लागेको रहस्य बाहिर आएपछि इमान्दार कांग्रेसहरू चकित परेका छन् ।

भण्डारीको कुरा सुनेर मदनबहादुर अमात्य र चिरिबाबु महर्जनले ललितपुरमा कांग्रेसलाई हानि हुने कार्यहरू गरेपछि चिन्ताको विषय बनेको छ । पूर्वमन्त्री भण्डारी, सभापति अमात्य र मेयर चिरिबाबुको ‘ग्याङ’ले ललितपुरमा गरेको हर्कतको कांग्रेसका कार्यकर्ताहरूले भण्डाफोर अभियान चलाउने तयारी गरेका छन् ।

पूर्वमन्त्री भण्डारीले मेयर चिरिबाबु र सभापति अमात्यलाई उचालेर ललितपुरको पुल्चोकमा रहेको समय फाल्चा पुनर्निर्माण गर्न उकासेको खुलेको छ । न्यायालयहरूले सडकभित्र समय फाल्चा पर्नेभन्दै पुनर्निर्माणको काम नगर्न आदेश दिएका छन् ।

सडकभित्र पर्ने जमीनमा पाटी पुनर्निर्माण गर्न लगाएर भण्डारीले कांग्रेस र मेयर चिरिबाबुको बद्नाम गर्न खोजेको रहस्य बाहिर आएको छ । ललितपुरमा कांग्रेस बद्नाम भएर भण्डारीलाई कुनै मतलव छैन । तर, भण्डारीको हर्कतलाई अमात्य र चिरिबाबुले बुझ्न सकेका छैनन् ।

पूर्वमन्त्री भण्डारीले आफ्नै पूर्व पि.ए. केशव पुरीले ललितपुर कांग्रेसको बद्नाम गर्न खटाएको आरोप छ ।

Published : Friday, 2021 August 27, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया