भालुको पित्तसहित ढोरपाटनबाट पुन पक्राउ

बुर्तिबाङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर पुन पक्राउ परेका छ् ।

उनलाई करीव २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको घरमा भालुको पित्त लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पित्त फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2021 August 27, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया