दाङ र बर्दियामा दुई किशोरीलाई जर्बजस्ती यौनसम्पर्क गर्नेहरू पक्राउ

काठमाडौं । बर्दिया जिल्लामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका–७ चौगुर्जी बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ती किशोरीलाई खेतमा घाँस काट्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शान्तिनगर गाउँपालिका–१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई नजिकै रहेको खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । (फाइल तस्बिर)

Published : Friday, 2021 August 27, 7:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया