२४ घण्टाभित्रै ओलीका प्यारा मान्छेको पद फुत्किने पक्का, बालकोटलाई तनाब

विराटनगर । एमाले विभाजनको असर प्रदेश नं. १ मा परेको छ ।

अध्यक्ष केपी ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएको छ । बिहीबार एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको बुझिएको छ ।

एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाइ छ । प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिनेछ ।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए जसरी आचार्यलाई पनि प्रदेश १ को मुख्यमन्त्री बनाउने तयारी ओली समूहको छ ।

प्रदेश १ मा एमालेका चार जना सांसद माधव नेपालको पक्षमा छन् । माधव नेपाल समूहले ९ जना सांसदहरू आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राई अध्यक्ष ओली निकट मानिन्छन् । राईको मुख्यमन्त्री पद बचाउन ओलीले अनेकौ तिकडम गरेका थिए । पार्टी फुटेपछि राईको पद फुत्किने पक्का सरह छ ।

राईबाट मुख्यमन्त्री पद फुत्किए पनि माधव नेपाल समूह छाडेका आचार्यलाई मुख्यमन्त्री बनाएर भए पनि सरकार टिकाउने खेलमा ओली लागेका छन् ।

Published : Thursday, 2021 August 26, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया