ओलीको पुच्छर बन्दा सक्किएका ठाकुरलाई देउवाले बचाए

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई विभाजन गरेर महन्थ ठाकुरले विभाजन गरेर नयाँ अध्यक्ष बनेका छन् ।

जसपा विभाजन गरेर ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाएका छन् । ठाकुरले दिएको दल दर्ताको निवेदनलाई निर्वाचन आयोगले बुधबार दर्ता गरेर प्रमाण पत्र दिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरी प्रमाणपत्र समेत प्रदान गरिएको जानकारी दिएका छन् । पार्टी दर्ताका लागि निर्वाचन आयोगले बुधबार नेताहरूको सनाखत गरेको थियो ।

नयाँ पार्टी गठन गर्न जनता समाजवादी पार्टीका महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गराएका थिए ।

ठाकुर र राजेन्द्र महतो तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीका भाउँतोमा लागेपछि जसपा विभाजनतिर गएको थियो । ओलीका कारण ठाकुर र महतो दलविहीन बनेका थिए । उपेन्द्र यादवलाई आयोगले आधिकारिकता दिएपछि ठाकुर–महतोको बिचल्ली भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीका कारण दल विहीन बनेका ठाकुर–महतोलाई अध्यादेशमार्फत नयाँ दल दर्ताका लागि बोटो खोलिदिएपछि बुधबार ‘लोसपा’ गठन भएको छ ।

ठाकुर–महतोलाई एमालेका नेता महेश बस्नेतले भक्तपुरको डोलेश्वर रिसोर्टमा लगेर मासु, भात र रक्सी खुवाएका थिए । डोलेश्वर रिसोर्टमा महेश बस्नेतको उपस्थितिमा महतो संसदीय दलको नेता बनेका थिए । एमालेले महतोलाई संसदीय दलको नेता बनाए पनि केही काम लागेन ।

राजनीतिमा निकै बैगुनी र कम्युनिस्टको पछाडि दौडने ठाकुर–महतोको राजनीतिलाई प्रधानमन्त्री देउवाले बचाइदिएका छन् । ओलीले सिध्याइदिएको राजनीति देउवाले बचाइदिएका छन् ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई राजनीतिक व्यक्ति भएको भन्दै लोकतान्त्रिक आन्दोलनमा भूमिका भएकालाई दल दर्ता गर्न दिन अध्यादेश ल्याइदिएका थिए ।

Published : Wednesday, 2021 August 25, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया