श्रीमतीलाई धनी बनाउन खोज्ने यी भीआईपीले पद गुमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् ।

पदीय मर्यादा विपरीत कुनै कार्य नगरेको दाबी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि राजीनामा दिएको दावी गरेका छन् ।

उनलाई श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा तानिएका थिए । श्रीमतीलाई सेयरबाट धनी बनाउन खोज्दा साउनले आकर्षक मानिएको प्रमुख कार्यकारी अधिकृत को पद गुमाएका छन् ।

आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।

सर्वोत्तम सिमेन्ट प्राथमिक सेयर निष्काशन प्रक्रिया अघि बढाएपछि नेप्सेका साउदले श्रीमती र बोर्ड अध्यक्ष ढुंगानाले छोरीको नाममा सेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले उनीहरू दुईजनामाथि कारबाहीको प्रक्रिया थाल्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

Published : Tuesday, 2021 August 24, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया