नेप्सेको मंगलबारको गिरावटले धेरैको होस उड्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार उच्च अंकको गिरावट आएको छ ।

परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा ओर्लिएको छ । कूल १६ अर्ब १२ करोड ६८ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कूल २२५ वटा कम्पनीका दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर एक लाख ५६ हजार ९१३ पटक खरिद–बिक्री भएका थिए ।

ठूला कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.७७ अंकले घटेर ५७७.७० विन्दुमा ओर्लिएको छ ।

गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो ।

१४ वटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७५ करोड ४३ लाख ३३ हजार रुपियाँ बराबरको कारोबार भएको थियो ।

संख्यात्मक आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

हाइड्रोको सबैभन्दा धेरै १३ लाख २८ हजार ७१६ कित्ता सेयर सबैभन्दा धेरै छ हजार २१७ पटक किनबेच भएका थिए ।

नेप्सेले फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बिमाबाहेक सबै उप–समूहका परिसूचक घटेको जनाएको छ ।

Published : Tuesday, 2021 August 24, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया