सानराईज र मेगा बैंकको पैसा नभएको चेक दिने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) महाराजगञ्जले बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

बुधबार पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–३ सोखेल बस्ने ४० वर्षीय समुन्द्रकेशर केसी र काठमाडौं महानगरपालिका –१५ डल्लु बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेको सीआईबीका प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

उनीहरूमध्ये समुन्द्रलाई अदालतबाट बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ३० लाख रुपियाँ जरिवाना तथा श्यामप्रसादलाई ६ दिन कैद र १० लाख रुपियाँ जरिवाना ठहर भएको थियो ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी सनराईज बैक र मेगा बैकको चेक काटी दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Published : Thursday, 2021 August 19, 7:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया