गगनले शीतल निवासको हर्कत नङ्ग्याइदिए, देउवा र सरकारको बचाउ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने अधिकार नरहेको टिप्पणी गरेका छन् ।

कांग्रेस नेता थापाले देउवा सरकारले ल्याएको अध्यादेशको घुमाउरो भाषामा विरोध गरे पनि राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश अड्काएर राखेकोमा विरोध जनाएका छन् । थापाले बुधबार बिहान ट्वीट गर्दै भण्डारीलाई अध्यादेशको विरोध वा समर्थन गर्ने कुनै अधिकार नरहेको बताएका हुन् ।

कांग्रेस नेता थापाले भनेका छन्, ‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार । समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन, हुँदैन ।’

‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ’, युवा नेता थापाले राष्ट्रपति भण्डारीलाई चेतावनी दिँदै भनेका छन् ।

राष्ट्रपति भण्डारीले सरकारद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न भनेर सिफारिस गरेको २४ घण्टासम्म भण्डारीले शीतल निवासमा रोकेर राखेपछि युवा नेता थापाले विरोध जनाएका हुन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपतिलाई स्वीकृत गरेर जारी गर्न शीतल निवास पठाएको २४ पछि थापाले बुधबार ट्वीट गर्दै अध्यादेशको रचनात्मक विरोध गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले ल्याएको दल विभाजनको अध्यादेशको विरोध गर्नेहरूलाई अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने अधिकार नरहेको भन्दै थापाले आफ्नै दलका प्रधानमन्त्री शेरबहादुर देउवाको रचनात्मक विरोध गरेका छन् ।
युवा नेता थापाले अध्यादेशका विषयमा ढला प्रतिक्रिया दिएका छन् ।

‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत । सधैं गलत । जसले गरेपनि गलत’, थालो ट्वीटमा लेखेका छन् ।

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन । हुँदै’, उनले भने, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

कांग्रेसका नेता शेखर कोइराला, धनराज गुरुङ, प्रदीप पौडेलसहितका केही नेताहरूले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गरेर खड्गप्रसाद ओलीको पक्षमा अभिव्यक्ति दिएका बेला युवा नेता थापाको अभिव्यक्तिले देउवा नेतृत्वको सरकारलाई केही हदसम्म राहत मिलेको छ ।

Published : Wednesday, 2021 August 18, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया