ओलीले अन्याय गरेका यी नेताहरूलाई देउवाले यसरी गुन लगाए

काठमाडौं । एमालेभित्र ठूलो द्वन्द्वसहित पार्टी विभाजनको अन्तिम संघारमा पुगेका बेला अध्यक्ष खड्गप्रसाद ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेका छन् ।

मंगलबार काठमाडौंमा बसेको एमालेको संसदीय दलको बैठकबाट ओलीले प्रतिनिधि सभाका १४ जना नेपाल समूहका सांसदलाई कारबाही गरेका हुन् ।

एमाले सचेतक शान्ता चौधरीले नेता नेपालसहितका सांसदहरूलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्ने निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन् ।

ओली समूहले माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव र कलिला खातुनलाई कारबाही गरेको छ ।

नेपाल समूहले नयाँ पार्टी बनाउने गृह कार्य गरिरहेका बेला ओली समूहले कारबाही गरेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमालेका नेता नेपाललाई पार्टी विभाजन गर्न र कारबाहीमा परेका १४ सांसदको भविष्यका लागि पूण्यको काम गरेको छ ।

नेपाल समूहले देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो । देउवाले नेपाल समूहलाई अध्यादेश ल्याउने निर्णय गरेर गुन लगाएका छन् ।

Published : Tuesday, 2021 August 17, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया