महिलासित काण्ड गर्न खोज्ने सिइओ सञ्जय चण्डोक पक्राउ

विराटनगर । विराटनगरबाट महिला कामदारलाई यौन दुर्व्यवहार गरेको आरोपमा ट्राइकोट इन्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय चण्डोकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–१३ स्थित तयारी पोशाक उत्पादक कम्पनी ट्राइकोट इन्डस्ट्रिज प्रालिका सिइओ चाण्डोकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

श्रमिक महिला तथा पुरुषहरू भेला भएर चाण्डोकविरूद्ध आन्दोलन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन् ।

उद्योगमा कार्यरत श्रमिक महिलाहरूलाई पटक–पटक दुर्व्यहार गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय धिरज विष्टले बताएका छन् ।

मंगलबार दिउँसो उद्योगमा भेला भएका महिलाहरूले चाण्डोकलाई कुटपिट गर्न खोजेका थिए ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । चाण्डोकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

चाण्डोकले हालै रोजगारीका लागि उद्योगमा हाजिर भएकी महिला कर्मचारीसँग सिइओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरू सोधखोज गर्ने, राति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दबाबमा राख्ने गरेको आरोप लागेको थियो । (फाइल तस्बिर)

Published : Tuesday, 2021 August 17, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया