ललितपुरमा हाइप्रोफाइल ‘यौन काण्ड’को ग्याङ पक्राउ

पुल्चोक । ललितपुर प्रहरीले अनैतिक रुपमा यौन क्रियाकलापमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ ।

पुल्चोकस्थित कान्तिपुर हाइट नजिकै रहेको एउटा अपाटमेन्टमा मंगलबार बेलुका अनैतिक क्रियाकलापमा संलग्न ७ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ पर्नेमा ४ महिला र ३ पुरुष रहेका छन् । पक्राउ परेका सबै पुरुषहरू हाइप्रोफाइलका हुन् ।

प्रहरीले झापा जिल्लाको दमक नगरपालिकाका राजेश अग्रवाल, बर्दियाका सुनिल विष्ट र काभ्रेका प्रतीक कर्माचार्य रहेको जनाएको छ ।

प्रहरीले पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको जनाएको छ । (फाइल तस्बिर)

Published : Tuesday, 2021 August 17, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया