ओलीका डाइहार्ड फ्यान नवराज सिलवालसहित ४ सांसद नेपाल समूहको भेलामा

काठमाडौं । एमालेभित्रको विवादले चरम रुप लिएका बेला वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलामा अध्यक्ष खड्गप्रसाद ओली समूहका चार जना सांसदहरू सहभागी भएका छन् ।

नेपाल समूहको सिंहदरबारमा मंगलबार भएको भेलामा सांसदहरू कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

नेपाल समूहका सांसदहरूको भेलामा यी चार सांसद किन गएका हुन् खुलाइएको छैन ।

Published : Tuesday, 2021 August 17, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया