ओलीको अधिनायकवादलाई साथ दिएका ठाकुरको कुराले देउवा झस्किए, यादवसँग कुरा गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा देउवा र ठाकुरबीच नयाँ दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

ठाकुरले देउवासँग दल विभाजन गर्न मिल्ने गरेर अध्यादेश ल्याएर सहयोग गर्न आग्रह गरेका बुझिएको छ ।

तर, देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सल्लाह गरेर मात्रै दल विभाजन गर्न मिल्ने गरेर अध्यादेश ल्याउने वा नल्याउने भन्नेबारेमा निर्णय गरिने बताएका छन् ।

जसपाका नेता ठाकुर अवसरवादी मानिन्छन् । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई साथ दिएर १८ दिनको सरकारमा सहभागी भएका थिए । ठाकुर कांग्रेसप्रति इमान्दार छैनन् ।

तर, उपेन्द्र यादवले कांग्रेसलाई साथ दिएका थिए । देउवाले यादवको सल्लाहमा मात्रै ठाकुरको माग के गर्ने भनेर निर्णय लिनेछन् । ओलीको अधिनायकवाद र निरंकुशता अन्त्य गर्न देउवालाई यादवले साथ दिएका थिए ।

त्यस बेला ओलीको अधिनायकवाद र निरंकुशतालाई ठाकुरले साथ दिएका थिए । ओली र महेश बस्नेतको भोज खान ठाकुर समूह भक्तपुरको डोलेश्वर रिसोर्टमा पुगेको थियो । रिसोर्टबाट सिधै ओलीको सरकारमा ठाकुर समूह सहभागी भएको थियो ।

Published : Tuesday, 2021 August 17, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया